You are here
Home > समाचार > सुनिता दुनुवारले पाइन् ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड

सुनिता दुनुवारले पाइन् ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड

१५ असार २०७५, शुक्रबार १२:०८

शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डाेनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई  संयुक्त रूपमा प्रदान गरेका हुन् ।

अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्टमध्येबाट बढीमा १० अभियन्तालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार चाैथाे नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । यसअघि न्यायाधीश टेकनारायण कुँवर र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि यही अवार्ड पाएका थिए ।

शक्ति समूहले मानब बेचबिखन तथा आधुनिक दासताविरुद्ध २० वर्षदेखि निरन्तर क्रियाशील छ ।