You are here
Home > समाचार > ११ जना सुन व्यवसायीहरु मिसावटको अभियोगमा पक्राउ !!!

११ जना सुन व्यवसायीहरु मिसावटको अभियोगमा पक्राउ !!!

१७ असार २०७५, आईतवार ११:५२

१७ असार, काठमाडौं ।

सुनमा मिसावट गरिएको अभियोगमा प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्लाका सुन व्यवसायीहरु हुन् ।
३ जना व्यवसायी पक्राउ गर्न इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले टोलि खटाएको थियो भने अन्य ४-४ जना सोहि आशंकामा पक्राउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको  प्रहरी भनाइ छ ।

प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ परेको पुष्टि गर्यो । तर व्यवसायी पक्राउ पर्नेमा कुन-कुन हुन् भन्नेबारे केही खुलाइएकाे छैन ।
मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने तयारी गरेको प्रहरीले व्यवसायीलाई हिरासतमा राखिएकाे छ ।

  • 4
    Shares