You are here
Home > प्रवास > एउटै परिवारका ११ शव झुण्डिएको अवस्थामा फेला परे !

एउटै परिवारका ११ शव झुण्डिएको अवस्थामा फेला परे !

१७ असार २०७५, आईतवार १२:२०

१७ असार, काठमाडौं । एकै घरका ११ जना झुण्डिएर मृत्यु भएको अवस्थामा नयादिल्ली प्रहरीले संचार मध्यमलाइ जनाएको छ।

मृत्यु हुनेहरु सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको प्रहरीले जनाएको छ। बालबच्चासहित ७ महिला र चार पुरुष बुराडीको सन्तनगर इलाकामा सब फेला परेको हो । स्थानीयबासीले बताए अनुसार सबै जना एकै परिवारका सदस्य रहेको प्रहरीले अनुसन्धान बाट पुस्टि गरेको छ ।

मृतकका परिवारहरु सामान्य फर्निचर र किराना पसल गरेर जिबिको पार्जन गर्दै आएको स्थानीयबासीले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ ।

  • 25
    Shares