
सरकारले काठमाडाैँमा लगाएकाे निषेधित क्षेत्रमा नेपाल विद्यार्थी संघले निषेधज्ञा ताेडेकाे छ। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै निषेधज्ञा ताेडेकाे हाे। सरकारले प्रदर्शन गर्न निषेध गरे पनि नेविसंघ प्रदर्शन गर्दै सरकार विरु्द्ध कडा रुपमा उत्रेकाे छ।
विपक्षीको भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका बेला कांग्रेस सदन र सडकमा एकसाथ आक्रमक बनेको हो ।
कांग्रेसले चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्दा बनाएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ भने माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
- 22Shares