You are here
Home > खेलकुद > विश्वकपमा हारेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की !

विश्वकपमा हारेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की !

२१ असार २०७५, बिहीबार १०:२५

मगंलबार राति इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको नाटकीय पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित घर नफर्किन चेतावनी दिएका हुन् ।

जापानविरुद्धको पहिलो खेलमा गम्भीर गल्ती गर्दै तीन मिनेटमै बाहिरिएका कार्लोस साञ्चेजलाई पनि यस्तै धम्की दिइएपछि प्रहरीले छानबीन गरिरहँदा बाक्का र उरिबेमाथि पनि यस्तो धम्की आएको हो ।

धेरै उग्रसमर्थकहरुले बाक्का र उरिबेलाई आन्द्रेस इस्कोबारको हत्याको भएको २४ वर्षपछि उनीहरुलाई पनि त्यसरी नै हत्या गर्न चाहेको लेखेका छन् ।

  • 25
    Shares