You are here
Home > अर्थ/बजार > कास्कीमा ठुलो मात्रामा सामान सहित चोरी गर्ने २ ब्यक्ति पक्राउ ।

कास्कीमा ठुलो मात्रामा सामान सहित चोरी गर्ने २ ब्यक्ति पक्राउ ।

२२ असार २०७५, शुक्रबार ११:५५

.

कास्की प्रहरीले १२ बुद्धे कार्ययोजना बनाई जिल्लाका बिभिन्न स्थानहरुमा बिभिन्न मिति समयमा भएका घटनाहरुको सुक्ष्म रुपमा अध्यायन गरी घटनाको बास्तविकता पत्ता लगाई फरार पक्राउ तथा अन्य घटनामा सफलता प्राप्त गर्दै अगाडी बढीरहेको र यस क्रममा बिभिन्न स्थानमा भएका चोरीका घटनाहरुमा कास्की प्रहरीले विगत १ महिना देखि नै बिषेश अनुसन्धान टोलि परिचालन गरी चोरीमा संग्लन ब्यक्तिहरुलाई खोजि गरी पक्राउ गर्न सफल भएको छ ।

भर्खरै सरुवा भई पाेखरा पुगेका एस पी अाेम बहादुर राना मगरले पाेखरामा बिबिध खालका समस्या समाधान गर्न र अाम नागरिकलाई सान्ति सुरक्षा  दिन प्रहरीले कुनै कसुर बाँकी नराख्ने रानाले बताउनु भयाे ।
यसै क्रममा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बिभिन्न स्थानहरुमा भएका चोरीको घटनाको सिटिटिभि फुटेज तथा मोबाईल तथा ल्यापट बनाउने पसलहरुमा प्रहरीले समन्यव गरी यस्ता किसिमको ब्यक्तिको निग्रानी तथा खोजतलास गर्दै जादा मिति २०७५।०३।१९ गते जिल्ला बाग्लुङ ढोरपाटन न.पा.बडा नं ९ स्थाई घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ७ मासबार बस्ने बर्ष ४१ का डोर बहादुर बुढा उफ् ( जिवन ) को बस्ने डेरा खानतलासी गर्ने क्रममा निम्न बमोजिमका बिभिन्न सामान सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीको बिशेष टोलिले पक्राउ गरेको छ ।

निज डोर बहादुर बुढा ( जिवनको ) प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दै जादा निजको सम्पर्कमा जिल्ला धादिङ साविक सेरतुङ गा.बि.स.वडा नं २ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङ र म मिली लेकसाईड स्थित बोमा होटल लगायतका बिभिन्न ठाउमा चोरी गरेको भनि स्बिकार गरेको छन ।

निज डोर बहादुर बुढाको बयान खुलाईएका प्रेम तामाङलाई खोजतलास गर्ने क्रममा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ६ लेकसाईड स्थित पक्राउ गरी नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा चोरीमा संग्लन भएको भनि स्विकारेको तथा सिसिटिभि फुटेजमा समेत दिएको तथा निजहरुको थप अनुसन्धान कार्य जारी रहेको ।
बरामद भएका सामानहरु
डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरुको विवरण
1.
11) Apple A1474 iPad
12) Logitech wireless keyboard
13) Samsung NP-QX 411-WO1UB
14) Mobile cover-६ थान.
15) सिल्भर रङको Power bank
16) सेतो रङको power bank
17) IPad
18) TW STEEL लेखेको घडी
19) GEO NAUTE लेखेको निलो रङको घडी

Samsung galaxy tab s2
2. HP laptop र कभर
3. Oppo A375 मोवाईल
4. Oppo F1S मोवाईल
5. Oppo F3 मोवाईल
6. Samsung galaxy c7 pro मोवाईल
7. Samsung galaxy s5 मोवाईल
8. Samsung galaxy GT_56790 मोवाईल
9. Samsung SMB313E/D मोवाईल
10. HTC PNO7140 मोवाईल

20. कालो रङको टोपि
21. Sony camera
22. Axle router
23. Deuter aer stripes कालो रङको छालाको झोला
24. विभिन्न रङका झोला हरु-६ थान.
25. कालो रंङको छालाको झोल
26. सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान
27. सुनको जस्तो देखिने घाटिमा लगाउने “J” लेखेको लकेट भएको सिक्री
28. सुनको जस्तो देखिने धातुको बेरुवा औठि
29. सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि
30. नगद रु.१,१८,५००।–
31. निलो विड भएको पेचकस
32. हेक्सा ब्लेड
33. हातको पन्जा
34. सेल्फि स्टिक
35. डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।

उक्त सामानहरु सम्बन्धित निकाएका सामान धनिहरुलाई बाेलाएर बुझाउने कास्की प्रहरीले जनाएकाे छ ।

  • 24
    Shares