You are here
Home > राजनीति > सहमति कार्यान्वयन नभए पार्टी एकता भंग गर्नेगच्छदारको चेतावनी !!!

सहमति कार्यान्वयन नभए पार्टी एकता भंग गर्नेगच्छदारको चेतावनी !!!

२५ असार २०७५, सोमबार १८:३६

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।

नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।

नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउनसमेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

  • 25
    Shares