You are here
Home > प्रशासन > साउनदेखि श्रमिकको न्यूनतम् तलब १३ हजार ४५० !!!

साउनदेखि श्रमिकको न्यूनतम् तलब १३ हजार ४५० !!!

२५ असार २०७५, सोमबार २२:१२

कामदारको न्यूनतम् तलव १३ हजार ४५० रुपैयाँ बनाउन सिफारिस गरिएको छ । यसअघि ९ हजार ७ सय रुपैयाा रहेको न्यनतम् पारिश्रमिकमा ३७ सय ५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ समाजिक सुरक्षा ऐनअनुसार श्रमिकलाई रोजगारदाताले दिनुपर्ने सुविधा जोड्दा अब मजदुरले मासिक १६ सय ९० रुपैयाँ बढीको सुविधा पनि प्राप्त गर्नेछन् । यसअनुसार १५ हजार १४० बरारको लाभ मजदुरलाई हुनेछ ।

यसअनुसार अब चिया मजदुरबाहेक सबैले न्यनततम् १३ हजार ४ सय ५० रुपैयाँ तलव पाउनेछन् । मन्त्रालयका सह-सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा बैशाख ७ मा न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको थियो ।

मन्त्रालयले श्रमिकले पाउने तलब तथा अन्य सुविधा बैंक खातामार्फत भूक्तानी हुने व्यवस्था मिलाउने जानकारी दिएको छ ।

  • 3
    Shares