You are here
Home > Front News > विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियम भिड्दै !!!

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियम भिड्दै !!!

२६ असार २०७५, मंगलवार १२:०२

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुने छ ।

अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।

अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भने यी दुई टिम तीन पटक भिडेका छन् र तीनवटै खेलमा फ्रान्सले वाजी मारेको छ ।

  • 1
    Share