You are here
Home > Front News > जीप दुर्घटनामा परि १ जनाको मृत्यु र ९ जना गम्भीर घाइते !!!

जीप दुर्घटनामा परि १ जनाको मृत्यु र ९ जना गम्भीर घाइते !!!

२६ असार २०७५, मंगलवार १२:३३

पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जीपमा चालकसहित १० जना सवार थिए । जिपमा सवार च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको छ । मे १ ज २०५१ नम्बरको जीपजिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा दुर्घटना भयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ ।