You are here
Home > Front News > उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने : गृहमन्त्रालय !!!

उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने : गृहमन्त्रालय !!!

२७ असार २०७५, बुधबार २१:१७

उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

  • 1
    Share