You are here
Home > खेलकुद > विश्वकपः इंग्ल्याण्ड भर्सेस क्रोएसिया, कसले मार्ला बाजी !!!

विश्वकपः इंग्ल्याण्ड भर्सेस क्रोएसिया, कसले मार्ला बाजी !!!

२७ असार २०७५, बुधबार २१:४१

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । खेल मस्कोमा रहेको लुजिन्की रंगशालामा हुदैछ ।

समूह चरणदेखि नै अपराजित रहेको क्रोएसिया र यसअघि एक खेल हारेको इंग्ल्याण्डबीचको विजेताले फाइनलमा फ्रान्सको सामना गर्ने छ ।

इंग्ल्याण्ड र क्रोएसियाबीच यसअघि ७ पटक खेल भएको छ । जसमा इंग्ल्याण्डले चार खेल जितेको छ । क्रोएसियाले दुई खेल जितेको छ भने एक खेल बराबरी भएको छ ।

प्रमुख प्रतियोगितामा सन् २००४ को युरोकपमा भएको भेटमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले हराएको थियो ।

  • 2
    Shares