You are here
Home > Front News > पहिरोले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुल्याे !!!

पहिरोले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुल्याे !!!

२९ असार २०७५, शुक्रबार १०:१७

अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ ।

सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ ।