You are here
Home > खेलकुद > इंग्ल्याण्ड भर्सेस बेल्जियम: कसले मार्ला बाजी !!!

इंग्ल्याण्ड भर्सेस बेल्जियम: कसले मार्ला बाजी !!!

३० असार २०७५, शनिबार १९:४०

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति पौने ८ बजे इंग्ल्याण्ड र बेल्जियमबीच सेन्ट पिटर्सवर्ग रंगशालामा खेल हुँदैछ ।

सेमिफाइनल खेलमा इंग्ल्याण्ड क्रोएसियासँग २-१ ले र बेल्जियम फ्रान्ससँग १-० ले हारेको थियो ।

इंग्ल्याण्डका प्रशिक्षक ग्यारथ साउथगेटले तेस्रो स्थानका लागि हुने खेल कुनै टिमको लागि पनि सुखद खेल नहुने भए पनि आफूहरुले खेलमा ध्यान दिने बताएका छन् । हारको पीडा बिर्साउन पनि अन्तिम खेलमा जित आवश्यक भएको उनको भनाइ छ ।

शुक्रबार ४५ औँ जन्मदिन मनाएका बेल्जियम प्रशिक्षक रोबर्टो मार्टिनेज पनि अन्तिम खेल प्रतिष्ठासँग जोडिएको बताउँछन् । ‘हामी असाध्यै निराश छौँ । सबैको अनुहार दुःख देखिएको हुन्छ । यो अवस्था ठीक गर्न सहज छैन । यस्तोमा अन्तिम खेल यो सबै भुलाउने बाटो हुन सक्नेछ’ उनले भने ।

  • 1
    Share