You are here
Home > खेलकुद > क्रोएसिया भर्सेस फ्रान्स: कसले जित्ला विश्वकप ?

क्रोएसिया भर्सेस फ्रान्स: कसले जित्ला विश्वकप ?

३१ असार २०७५, आईतवार १७:२०

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन्।

तेस्रो पटक फाइनलमा पुगेको फ्रान्सले एक पटक उपाधि जितेको छ भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपाधि जितेर इतिहास रच्ने दाउमा छ। क्रोएसियाले फ्रान्सलाई हराउन सके विश्वकप विजेतामा नयाँ राष्ट्रको नाम चढ्नेछ । विश्वकपको फाइनल मस्कोस्थित लुजनिकी रंगशालामा राति पौने ९ बजेदेखि सुरू हुनेछ।

  • 23
    Shares