You are here
Home > Front News > पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु !!!

पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु !!!

५ श्रावण २०७५, शनिबार २१:३३

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा शनिबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए ।

घटनामा परी अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • 1
    Share