You are here
Home > समाचार > अन्तत भावुक हुँदै पदबाट राजिनामा…

अन्तत भावुक हुँदै पदबाट राजिनामा…

८ श्रावण २०७५, मंगलवार १६:१३

काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा दिएका हुन् ।

“जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

मन्त्री तामाङले जांदा जाँदै मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा तयार भइसकेको उनले जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानून अगाडि बढेको छ । यो क्याविनेटको बाटो हुँदै संसदबाट पारित हुन्छ’ साथै ‘यी कानुनहरु असोज २ गते मध्यरातसम्म पारित हुन्छ ।’

  • 7
    Shares