You are here
Home > राजनीति > अनशनको नाममा अरुले राजनीति गरे – प्रधानमन्त्री !!!

अनशनको नाममा अरुले राजनीति गरे – प्रधानमन्त्री !!!

८ श्रावण २०७५, मंगलवार १९:२२

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनको नाममा अरुले राजनीति गरेको आरोप लगाउनुभएको छ । धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालय आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. केसीको अनशनमा कांग्रेस मिसिएको जिकिर गर्नुभएको हो ।

सोही कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइ सरकार विरुद्ध नियोजित षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले भए/नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्न भइरहेका नियोजित षड्यन्त्र चिर्न पार्टी मातहतका नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

  • 1
    Share