You are here
Home > समाचार > आइपुग्यो नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी विमान ए३०३-२००.

आइपुग्यो नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी विमान ए३०३-२००.

१० श्रावण २०७५, बिहीबार ११:००
 काठमाडौं । नेपाल वायु सेवा निगमले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका अनुसार “मकालु”नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको  लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।
गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । जम्मा २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।
  • 1
    Share