You are here
Home > समाचार > नेपाली सेनामा रथी पूर्ण चन्द्र थापा सेना प्रमुख बन्ने पक्का

नेपाली सेनामा रथी पूर्ण चन्द्र थापा सेना प्रमुख बन्ने पक्का

११ श्रावण २०७५, शुक्रबार ११:५६

नेपाली सेनाको बलाधिकृत रथी श्री पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधानसेनापति बन्ने बाटो खुला भएको छ।

मन्त्री परिषदको बैठकले रथी थापालाई कायम मुकायम (कामु) प्रधानसेनापति बनाउने निर्णय गरेसँगै उनी प्रधानसेनापति बन्ने बाटो सहज रुपमा खुल्ला भएको हो। मन्त्री परिषदको  बैठकले रथी थापालाई २५ साउनदेखि लागू हुने गरी कामु प्रधानसेनापति बनाउने निर्णय गरेको थियो।  मन्त्री परिषदको यो निर्णय अनुसार प्रधानसेनापति राजेन्द्र क्षेत्री २४ साउनदेखि घरविदामा बस्नेछन्। यद्यपी, उनको चार बर्षे कार्यकाल भने २४ भदौमा समाप्त हुनेछ। त्यसपछि रथी थापा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्।

  • 16
    Shares