You are here
Home > समाचार > इन्डोनेसियामा ६.४ म्याग्नेच्युडको भूकम्प,ठुलो धनजनको क्षति.

इन्डोनेसियामा ६.४ म्याग्नेच्युडको भूकम्प,ठुलो धनजनको क्षति.

१३ श्रावण २०७५, आईतवार १२:३५

इन्डोनेसियाका पर्यटकीय टापु लोमबोकमा आइतबार बिहान भूकम्प आएको छ।  स्थानीय समयअनुसार बिहान ७ बजे आएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १० जनाको ज्यान गएको छ भने ४० जना बढी घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

पर्यटकीय टापु बालीबाट ४० किलोमिटर पूर्वमा पर्ने लोमबोकमा भूकम्पले कैयौं भवनहरू भत्किएका छन्। अहिले सम्म लोमबोकमा ६० पटक परकम्प आएको बताइएको छ। एजेन्सी

  • 3
    Shares