You are here
Home > समाचार > प्रधानन्यायाधीशमा जोशी अनुमोदन नहुन सक्ने सम्भावना

प्रधानन्यायाधीशमा जोशी अनुमोदन नहुन सक्ने सम्भावना

१४ श्रावण २०७५, सोमबार १२:२३

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी प्रधानन्याधीश नबन्न सक्ने प्रवल सम्भावना रहेको देखिन्छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।

 

‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा परेका कारण आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना बढी देखिएको छ । १५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।

  • 4
    Shares