You are here
Home > राजनीति > प्रचण्ड-चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता

प्रचण्ड-चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता

१४ श्रावण २०७५, सोमबार १३:२९

काठमाडौं ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको जनाएको छ ।

 

भेटमा अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डले बताए ।

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सी जिन फिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट नेपालमा राजनीतिक स्थायीत्व कायम भएकोमा बधाइ दिए ।

नेपाल-चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको बताउँदै वाङले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो समेत दिए । वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । रासस

  • 1
    Share