You are here
Home > प्रशासन > आयो सफ्टवेयर,अब घट्छ बेरुजु-त्रिभुवन विश्वविधालय

आयो सफ्टवेयर,अब घट्छ बेरुजु-त्रिभुवन विश्वविधालय

१४ श्रावण २०७५, सोमबार १४:०७

काठमाडौं -त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न ‘त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ सञ्चालनमा ल्याएको छ ।

त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा उक्त सफ्टवेयर सिस्टम १३ साउनदेखि सञ्चालनमा ल्याइएको त्रिविले जनाएको छ ।

सफ्टवेयरले काठमाडौं उत्पकामा रहेको त्रिविअन्तर्गतका आंगिक क्याम्पस र कार्यालयको मनिटरिङ गर्ने र बेरुजु भए त्यसको व्यवस्थापनमा निर्देशन दिनेछ । सफ्टवेयर बिदाका दिनबाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालनमा आउने छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सफ्टवेयरमार्फत आन्तरिक लेखा परीक्षण कार्यलाई समयमै सम्पन्न गरी बेरुजु घटाउन सघाउ पुग्ने बताए । रासस

  • 21
    Shares