You are here
Home > Front News > वर्षायाममा ३० देखि ४० मेगावाट बिजुली बढी हुने – सहमति नहुदा बिजुली खेर जाने !!!

वर्षायाममा ३० देखि ४० मेगावाट बिजुली बढी हुने – सहमति नहुदा बिजुली खेर जाने !!!

१४ श्रावण २०७५, सोमबार २३:५०

तीन वर्षअघिसम्म मध्यवर्षाकै समयमा पनि लोडसेडिङ हुन्थ्यो । तर, छोटो समयमै बर्षाको समयमा नै नेपालमा बिजुली बढी भएर खेर जाने अवस्था आएको छ । हाल देशभर लोडसेडिङ हटिसकेको छ । यो वर्षको मध्यवर्षामा रातको समयमा नेपालको ३०देखि ४० मेगावाट बिजुली खेर जाने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार भारतसँग अघि बढाइएको ‘इनर्जी बैकिङ’मा सहमति भएको भए रातमा ४० मेगावाटसम्म बिजुली यो वर्षायामभरि भारतमा पठाउन सकिन्थ्यो । तर, इनर्जी बैंकिङमा सहमति जुटेर सरकारी स्तरमा सम्झौता हुन बाँकी छ ।