
कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् ।
तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो ।
नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स-रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि प्रहरी निगरानीमा उनलाई कोशी अञ्चल अस्पतालमा राखिएको थियो ।
सोमबार ३१ वषर्ीय नेपाललाई बल्ल पेट खुल्यो र दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरीले नेपाललाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
- 1Share