You are here
Home > प्रशासन > देख्दा-“प्रेस”, काम-“अवैध लागुऔषध कारोवार”

देख्दा-“प्रेस”, काम-“अवैध लागुऔषध कारोवार”

१५ श्रावण २०७५, मंगलवार १३:१८

काठमाडौं । प्रेस लेखेको मोटरसाइकलबाट लागुऔषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले सोमबार  काठमाडौं महानगरपालिका-२२ पुरानो नगरपालिकानजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले बोकेको झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । श्रोत अनलाइन खबर