You are here
Home > मनोरञ्जन > एकिकृत माझी बस्ती सिन्धुपाल्चोक निर्माणको रकम जुटाउन स्वेताकी “कान्छी”अमेरिकामा

एकिकृत माझी बस्ती सिन्धुपाल्चोक निर्माणको रकम जुटाउन स्वेताकी “कान्छी”अमेरिकामा

१५ श्रावण २०७५, मंगलवार १४:१८

काठमाण्डौ-चलचित्र ‘कान्छी’ न्युयोर्कमा पनि देखाइने भएको छ । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि आफ्नै चलचित्र कान्छीबाट चलचित्र क्षेत्रमा फर्केकी श्वेता खड्का आफैले निर्माण तथा अभिनय गरेकी छिन ।

अगस्त ५,२०१८ आइतबार न्युयोर्कको उडसाइडमा रहेको गुल्सन टेरेसमा चलचित्र प्रदर्शन गरिने जानकारी दिएका छन्  । विहान ११ बजे र दिउसो २ बजे चलचित्रको प्रदर्शन गरिने छ भने टिकट शुल्क १५ डलर राखिएको छ ।

 

आकाश अधिकारी द्वारा  निर्दे्शित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको फिल्ममा मुख्य भुमिका रहेको छ । चलचित्रमा संगीत अर्जुन पोखरेल, कोरियोग्राफी बसन्त श्रेष्ठ र एक्शन हिमाल केसीको रहेको छ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सबैमा सहयोगको अपिल समेत गरेकिछिन ।

उनको फेसबुक स्टाटस यस्तो छ :-

“कान्छी’ले प्राप्त गरेको सफलता पस्चात आफु र आफ्नो टिमले गरेको मेहनतले सार्थकता प्राप्त गरेको ठानेकी छु । कान्छी को सफलता पछी ‘माझी टोल’बनाउने जिम्मेवारीलाई गहन रुपमा सम्पन्न गर्नु पर्नेछ । अहिले आर्थीक अभावको समस्यामाबाट गुज्रीरहेको माझी बस्तीलाई आर्थीक अहयोग जुटाएर ५३ घर माझी परिवारका ३२२ जना सदस्यहरुलाई सुरक्षित बास सहित को एउटा सुन्दर समुदाय हस्तान्तरण गर्ने मेरो अभिप्राय हो । यस्का लागी म कम्मर कसेर लागी परेको छु । यही जागरुकता अनुसार म देश भित्र सफल ‘कान्छी’ लाई अमेरिकामा प्रदर्शन गर्ने प्रयासमा छु र आगमी अगस्ट २ का दिन अमेरिका प्रस्थान गर्दैछु । अमेरिका निवासी नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुको अनुरोध मा कान्छी चलचित्र लाई अमेरिका धेरै स्टेटहरुमा प्रदर्शन गराउँदैछु । चलचित्रको प्रदर्शनबाट उठेको रकम माझीटोल बिकासका निमित्त खर्चिने छु । अत ; अमेरीका निवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा म यो चलचित्र हेरेर मनोरन्जन लिनुका साथै आफ्नो देश भित्र कठिन अवस्थामा जीवन यापन गरिरहेका माझी समुदायको लागी गाँस, बास र कपासको ब्यवस्था गर्ने एउटा पबित्र अभियानमा संलग्न भ ईदिन हार्दिक अनुरोध गर्दछु । निर्माणाधिन माझी बस्ती , मेरो मात्र होईन हामी सबैको बस्ती हो । मलाई माझी बस्ती बनाएर आफ्नो नाम फैलाउनु छैन । म चाहन्छु , हामी सबैको संयुक्त प्रयासबाट , यो बस्ती बनोस र हामी सबैले यसको जस लिन सकौ ।
आउनुस्, यो अभियानमा एकजुट र एक ढिक्का भएर तपाई हामीसंगै अगाडी बढौ ।”

चलचित्रको न्युयोर्क प्रदर्शन “एकीकृत माझी बस्ती सिन्धुपाल्चोक” निर्माण  सहयोगार्थ गर्न लागिएको हो ।

नमुना एकीकृत माझी बस्ति सिन्धुपाल्चोक
  • 2
    Shares