You are here
Home > समाचार > रसुवामा कन्टेनर दुर्घटना, तीनको मृत्यु एक गम्भीर घाइते

रसुवामा कन्टेनर दुर्घटना, तीनको मृत्यु एक गम्भीर घाइते

१५ श्रावण २०७५, मंगलवार १६:१४

काठमान्डौ – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साथै दर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।

धुन्चेबाट रसुवागढी तर्फ जांदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर धुन्चेबाट रसुवागढीतर्फ जाँदै गर्दा  गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा दुर्घटनामा परेको हो। ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताएका छन् । कन्टेनर के कारणले दर्घटना भयो त्यसबारेमा खुलाईको छैन । कन्टेनर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ ।

  • 7
    Shares