You are here
Home > प्रशासन > प्रधानन्यायाधीशमा जोशी अस्वीकृत,वरिष्ठताको आधारमा ओमप्रकाश मिश्र बन्ने निश्चित .

प्रधानन्यायाधीशमा जोशी अस्वीकृत,वरिष्ठताको आधारमा ओमप्रकाश मिश्र बन्ने निश्चित .

१८ श्रावण २०७५, शुक्रबार १४:२४

काठमाडौं – नेपालको संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक कुनै पदाधिकारीको नाम अस्वीकृत भएको छ। शुक्रबारको संसदीय सुनुवाई विशेष समितिको बैठकले दुई तिहाई बहुमतले प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको भएपनि बहुमतको आधारमा जोशीलाई अस्वीकृत गरेको हो ।
सत्तारुढ नेकपा र फोरम नेपालको १५ सदस्यीय समितिमा अनुमोदनको पक्षमा ० र विपक्षमा १० मत परेको थियो । समितिले अब उनको नाम अनुमोदन नभएको जानकारी सिफारिश गर्ने संवैधानिक परिषद्लाई दिने जनाएको छ।

संवैधानिक परिषद्को बैठकले जोशीपछिका वरिष्ठ ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशको लागि सिफारिश गर्ने निश्चित भएको छ।

  • 22
    Shares