You are here
Home > प्रशासन > कानुन मन्त्रि भानुभक्त ढकाल नियुक्त,पद्मा अर्यालको मन्त्रीमा वढुवा

कानुन मन्त्रि भानुभक्त ढकाल नियुक्त,पद्मा अर्यालको मन्त्रीमा वढुवा

१८ श्रावण २०७५, शुक्रबार १५:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन मन्त्रीमा ने.क.पाका नेता भानुभक्त ढकाललाई  नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो नेता ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।

बिदेशमा  चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीको अस्मितासँग जोडिएको विवादित अभिव्यक्ति दिए पछि यसअघिका कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले  फोरम नेता सुरेन्द्र यादवलाई  स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन्  भने यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए पछि राज्यमन्त्री पद्मा अर्याल कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बढुवा भएकी छिन् ।

  • 15
    Shares