You are here
Home > प्रशासन > भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन बम आक्रमण

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन बम आक्रमण

२० श्रावण २०७५, आईतवार १२:४१

काठमान्डौ-भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोमाथि ड्रोन बम आक्रमण भएको छ। आक्रमणबाट राष्ट्रपति सकुशल रहेपनि ७ जना सेना घाइते भएको बताइएको छ।  राष्ट्रपति माडुरोले राजधानी कराकसमा ८१ आंँ राष्ट्रिय सेना दिवसका अवसरमा सम्बोधन गरिरहेका बेला ड्रोन  आक्रमण भएको सरकारी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

टिभी फुटेजमा आक्रमण भएको समय राष्ट्रपति माडुरो लगायत अन्य सहभागी तर्सिएको देखिएको छ। विस्फोटन भएपछि त्यहाँ विभिन्न जिम्मेवारीमा रहेका सैनिक समूहहरु छरपस्ट भएको थियो।

घटना लगत्तै केहि संदिग्धहरुलाई पक्राउ गरिएको छ। यसबारे अनुसन्धान सुरु गरिएको छ। घटना पश्चात् भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्वेजले यस घटनालाई राष्ट्रपतिको हत्याको प्रयास भएको बताएका छन्।

राष्ट्रपतिले मेमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बेहोरेको हारको प्रतिशोध विपक्षीले लिन खोजेको आरोप लगाएका छन्।

टिभी फुटेज :-

  • 19
    Shares