You are here
Home > समाचार > फेरी डुब्यो भक्तपुर,बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति

फेरी डुब्यो भक्तपुर,बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति

२० श्रावण २०७५, आईतवार १४:२७

काठमाण्डौ-भक्तपुर फेरि पनि डुबानमा परेको छ । गएराति परेको वर्षाले सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका हुन् । यसअघि २८ असारमा पनि भक्तपुर डुबानमा परेको थियो । शनिबार रातिको बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षतिसमेत पुगेको छ ।  यातायात सेवामा भने प्रभाव परेको नभएपनि घर-घरमा पानि पसेकोले स्थानीयबासीको भने बिचल्ली भएको छ ।

 

 

हनुमन्ते खोलाको बाढी भक्तपुरमा पस्ने गरेको छ । जग्गा कारोबारीले खोलालाई साँघुरो बनाउँदै घडेरी निकाल्दै गर्ने क्रम बढेकाले हरेक वर्ष बाढी भक्तपुरमा पस्ने गरेको स्थानीय बताउँछन् ।

  • 32
    Shares