You are here
Home > राजनीति > ओम प्रकाश मिश्र कायम मुकायम प्रधानन्यायाधीश

ओम प्रकाश मिश्र कायम मुकायम प्रधानन्यायाधीश

२० श्रावण २०७५, आईतवार १६:४६

काठमाण्डौ -सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा आइतबारबाट  न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोकेका छन्। मिश्रले आईतबारदेखि नै सर्वोच्चमा रहेको प्रधानन्यायाधीशको चेम्बरबाटै कामकाज थालेका छन्।

कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश  मिश्र को हुन् 

स्थायी ठेगाना -रुपन्देहीको रायपुर गाउँपालिका

जन्म मिति -१८ पौष २०१०

शिक्षा- त्रिभुवन विश्वबिद्यालयबाट  राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमै स्नातक तह उतीर्ण। दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर

न्याय सेवामा अधिकृतका रुपमा-४ वर्ष

१६ बैशाख ०४२-अतिरिक्त जिल्ला न्यायाधीश

९ चैत्र २०४६ – जिल्ला न्यायाधीश ।

१४ फागुन २०६२ -तत्कालिन पुनरावेदन (हाल उच्च) अदालतमा न्यायाधीश

११ जेठ २०७०-पुनरावेदनको मुख्य न्यायाधीश

१३ जेठ ०७१ -सर्वोच्च अदालतको न्यायाधीश ।

२० श्रवन २०७५ -कायम मुकायम प्रधानन्यायाधीश

संसदीय सुनवाई बिशेष समितिले अनुमोदन गरेमा मिश्र २८ औँ प्रधानन्यायाधीश हुनेछन्।

  • 9
    Shares