You are here
Home > खेलकुद > नेपाली क्रिकेट टिम इतिहास रच्दै स्वदेश फर्किए  । 

नेपाली क्रिकेट टिम इतिहास रच्दै स्वदेश फर्किए  । 

२१ श्रावण २०७५, सोमबार ११:२४
स्वदेश फिर्ति पछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सामुहिक तस्विर खिचाउँदै नेपाली क्रिकेट टिम

काठमान्डौ -एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक जित हासिल गर्न सफल नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ।

पहिलो खेलमा हार ब्यहोरे पनि  दोस्रो खेलमा १ रनको रोमाञ्चक जित निकाल्दै  नेदरल्याण्डविरुद्ध एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो।

स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार बिहान भब्य स्वागत गरिएको थियो ।