You are here
Home > समाचार > श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

२१ श्रावण २०७५, सोमबार १४:३०

काठमाडौं – झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी एक २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई  पक्राउ गरिएको हो ।

 

श्रीमातीले आफ्नो जाहेरीमा श्रीमानले  इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । तथा उनले जाहेरीमा श्रीमान् १०/१२ मा घर आउने आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि उल्लेख गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान माथि  वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । उनले थप अनुसन्धान भइरहेको समेत बताए ।

  • 23
    Shares