You are here
Home > प्रवास > इपिएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परिक्षण भदौ ४ बाटसुरु हुने,यी ४ हस्पिटलबाट हुनेछन स्वास्थ्य परिक्षण ।

इपिएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परिक्षण भदौ ४ बाटसुरु हुने,यी ४ हस्पिटलबाट हुनेछन स्वास्थ्य परिक्षण ।

२१ श्रावण २०७५, सोमबार १४:४८

काठमाडौं । सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गरिने भएको छ ।

यो वर्ष  भाषा परीक्षामा जम्मा ७ हजार ९९६ जना  पास भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल-टेकु,निजामति अस्पताल-बानेश्वर, नेपाल-कोरियामैत्री अस्पताल-भक्तपुर र पाटन अस्पताल-लगनखेल,ललितपुरमा हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

 

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।

आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । यो वर्ष पास भएकाहरु आगामी जनवरीबाट मात्रै  जान पाउने छन् ।  गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।