You are here
Home > प्रवास > इण्डोनेशियामा फेरी ६.९ रेक्टर स्केलको भूकम्प ८२ जनाको मृत्यु,सयौं घाइते

इण्डोनेशियामा फेरी ६.९ रेक्टर स्केलको भूकम्प ८२ जनाको मृत्यु,सयौं घाइते

२१ श्रावण २०७५, सोमबार १६:५२

जकार्ता-इण्डोनेशियाको लामबोक द्वीपमा शक्तिशाली भूम्कप जाँदा ८२ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर सयौं मानिसहरु घाइते भएका छन् । सात रेक्टर स्केलको तीव्र गतिमा गएको भूकम्पका कारण हजारौं घरहरुमा क्षति पुगेका छ भने कयौं स्थानमा विद्युत सेवा अवरुद्ध भएको जनाएको छ ।  लोकप्रिय पर्यटन स्थल लामबोकमा एक साता अगाडि पनि भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।
लामबोक एक लोकप्रिय पर्यटन स्थल हो । जुन इण्डोनेशियाको बाली द्वीपबाट ४०  किलोमिटर पूर्वमा अवस्थित छ ।-बीबीसी

  • 1
    Share