You are here
Home > प्रशासन > बिमस्टेक शिखर सम्मेलन होटल सोल्टीमा हुने ।

बिमस्टेक शिखर सम्मेलन होटल सोल्टीमा हुने ।

२२ श्रावण २०७५, मंगलवार ११:३८

काठमान्डौ -बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सोल्टीमोडस्थित सोल्टी होटलमा हुने भएको  छ। बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्षका लागि आवस्यक पर्ने पर्याप्त सुईट राजधानीका अन्य होटलमा नभएका कारण कालिमाटीस्थित सोल्टी होटलमा गर्न लागिएको हो।

पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स बाहेक दक्षिण एसियाली शिखर सम्मेलन (सार्क) मा पाँच सदस्य राष्ट्र नेपाल, बंगलादेश, भुटान, भारत, श्रीलंका, अनि सार्क बाहिरका थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्रहरुको समूह बिमस्टेकको शिखर सम्मेलन आगामी १४-१५ भदौमा काठमाडौँमा हुँदैछ।

सम्मेलनमा कार्यकारी भूमिकामा रहेका सात वटै बिमस्टेक मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुनेछन्। ७ जना कार्यकारी प्रमुखहरुका लागि आवस्यक पर्ने सात वटै सुइट सोल्टीबाहेक राजधानीका कुनैपनि पाँचतारे होटलमा छैनन्।

 

  • 8
    Shares