You are here
Home > खेलकुद > आइसिसि टी-२० इन्टरनेशनल नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल

आइसिसि टी-२० इन्टरनेशनल नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल

२२ श्रावण २०७५, मंगलवार १२:३६

काठमाण्डौ नेपालका चर्चित चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरीयतामा समावेश भएका छन्।

बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ  कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्।

आइसिसिको नयाँ बरियता अनुसार नेपाली खेलाडी को कुन स्थानमा छ ?

१-कप्तान पारस खड्का -ब्याटिङतर्फ ९०औँ स्थानमा

२.शरद भेषवाकर- ब्याटिङतर्फ ९८औँ स्थानमा

३. बसन्त रेग्मी-स्पिनर बलिङतर्फ ७१औँ  स्थानमा, उनको  रेटिङ ३९७

४. सोमपाल कामी-फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ स्थानमा, उनको  रेटिङ ३३८

कप्तान पारस खड्का टी-२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् भने  सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छ ।

टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन्।

नेपालले तीन वर्षपछि आइसीसीको टी-२० इन्टरनेशनल मान्यता प्राप्त खेल  खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन्।
यसअघि पनि नेपालले २०१४ मा बंगलादेशमा टी-२० विश्वकप र नेदरल्याण्ड्ससँग २०१५ मा टी २० इन्टरनेशनल सिरिज खेलेपछि नेपाली खेलाडीहरु टी-२०वरीयतामा समावेश भएका थिए। त्यतिखेर कप्तान पारस ब्याटिङतर्फ ६४औँ स्थानमा थिए। जुन नेपाली ब्याट्सम्यानको उच्च वरीयता हो।

 

  • 10
    Shares