You are here
Home > खेलकुद > यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली भुटान प्रस्थान

यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली भुटान प्रस्थान

२२ श्रावण २०७५, मंगलवार १३:०९

काठमान्डौ-भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा  छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले भने  यस पटक प्रतियोगितामा सहभागिता जनाएको छैन ।

खेलाडीहरु

प्रिती राई (कप्तान)

गोलकिपर 

१.सावित्री किसान,

२.पूजा थापा

३.करिना धिमाल

डिफेन्डर

१.खुस्मा राई

२.पुष्पा गुरुङ

३.सुरक्षा सिंह

४.सरिष्मा थामामगर

५.सलोनी रानामगर

६.सरिता न्यौपाने

७.सविना चौधरी

८.मनमाया परियार

मिडफिल्ड 

१.सुष्मा तामाङ

२.रिया बानु

३.मनिषा विष्ट

४.सविता रानामगर

५.पुनम घिमिरे

६.अस्मिता चौधरी

७.सरस्वती हमाल

फरवार्ड 

१.रजनी थोकर,

२.निकिता थोकर,

३.चन्द्रा भण्डारी

४.अनुष्का शेर्पा

मुख्य प्रशिक्षक-गंगा गुरुङ,

प्रशिक्षक- श्याम मानन्धर

गोलकिपर प्रशिक्षक- विनोद महर्जन

च्याम्पियनसीप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बीना श्रेष्ठ नेपाली टोलीसँगै भुटान जाँदैछन् ।

नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ  भने बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ ।

  • 6
    Shares