You are here
Home > खेलकुद > नेपाली यु-१९ राष्ट्रिय टोलीले भारतमा एकदिवसीय क्रिकेट सिरिज खेल्ने ।

नेपाली यु-१९ राष्ट्रिय टोलीले भारतमा एकदिवसीय क्रिकेट सिरिज खेल्ने ।

२२ श्रावण २०७५, मंगलवार १४:०५

काठमाण्डौ-नेपाली यु १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने अवसर पाएको  छ।

भारतीय क्रिकेट बोर्डको  आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो।

भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।

बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्। यस प्रतियोगितालाई एशिया कपको तयारीको रुपमा समेत हेरिएको छ ।

   भारतले सार्वजनिक गरेको एकदिवसीय शृंखला

-सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स

-सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

-सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स

-सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू

-सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स

-सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

-सेप्टेम्बर १८-टिम १ विरुद्ध टिम २

-सेप्टेम्बर १८- टिम ३ विरुद्ध टिम

सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।

  • 1
    Share