You are here
Home > समाचार > डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरोध ।

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरोध ।

२२ श्रावण २०७५, मंगलवार १५:५४

रुकुम -डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै विरामीको आफन्तले गरेको बिरोध प्रदर्शनका कारण रुकुम (पश्चिम)तनावग्रस्त बनेको छ ।  आइतबार चौरजहारी अस्पतालमा उपचारका लागि भर्ना भएका भेरी नगरपालिका-१३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीको मृत्यु चिकित्सकले गलत इन्जेक्सन दिएका कारण भएको भन्दै आफन्तले चिकित्सकलाई कारवाही गर्न माग गरेका छन् ।

 

 

चिकित्सकले गलत सुईको प्रयोग गरेका कारण मृत्यु भएको भन्दै आफन्तहरुले  तेस्रो दिन मंगलबार पनि विरोध प्रदर्शन गरेका छन् । प्रहरीले भिडलाई नियन्त्रण लिनका लागि अश्रुग्यास प्रहार समेत गरेका थिए । अहिले पीडितपक्ष र अस्पताल प्रशासनवीच बार्ता भईरहे पनि आफन्तले भने विरोधलाई निरन्तरता दिएका छन् ।

  • 5
    Shares