You are here
Home > प्रशासन > काठमान्डौ उपत्यकामा पैदलयात्रुको अत्यधिक चाप हुने ठाउँमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गरिने ।

काठमान्डौ उपत्यकामा पैदलयात्रुको अत्यधिक चाप हुने ठाउँमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गरिने ।

२२ श्रावण २०७५, मंगलवार १६:०६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको कामपा भौतिक पूर्वाधार महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाको टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल काठमाडौँ जिल्ला अदालत, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ ।