You are here
Home > खेलकुद > पुलिस तेरो एफसी संग १-० गोल अन्तरले हार्यो नेपाल ।

पुलिस तेरो एफसी संग १-० गोल अन्तरले हार्यो नेपाल ।

२३ श्रावण २०७५, बुधबार १२:२३

थाइल्यान्डमा जारी एसियाली खेलकुदका लागि तयारी गरिरहेको नेपाली यु-२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पुलिस तेरो एफसी संग १-० गोला अन्तरले पराजित भएको छ ।

थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा मंगलबार  भएको खेलमा नेपालका आदित्य चौधरीले खेलको ३९औं मिनेटमा आत्मघाती गोल गरेका थिए। चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो।

नेपाली यु-२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यु-२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।रासस

  • 4
    Shares