You are here
Home > प्रशासन > चाबहिल-बौद्ध सडकको अनुगमन:-नेता आए..! हेरे..! गए..! अब केहि हुन्छ कि ?-स्थानीयवासी

चाबहिल-बौद्ध सडकको अनुगमन:-नेता आए..! हेरे..! गए..! अब केहि हुन्छ कि ?-स्थानीयवासी

२४ श्रावण २०७५, बिहीबार १२:०३
फोटो-अनलाइन खबर

काठमाडौं । बुधबार विहान चाबहिल-बौद्ध सडक खण्डमा एकाएक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ,नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका हाकिमहरु दलबल सहित सडक अनुगमनमा देखा परे ।

वर्षासम्म पानी पर्दा हिलो र काम लाग्दा धुलो खाँदा पनि कसैले वास्ता नगरेको सडकमा दलबलसहित मन्त्री आएको देखेपछि स्थानीयबासीहरुले पनि छक्क पर्दै पछ्याए । जहाँ मन्त्रि महासेठ कहिले खाल्डोमा ओर्लने त कहले हिमपाईप राख्न खनेको खाल्डोमा झर्दै ढल तिर नियाली रहेका थिए ।’

 

 

स्थानीयबासीले मन्त्री महासेठलाई पानी परेको बेला अनुमगनमा आउन निम्तो दिएका छन् । एकले व्यंग्य गर्दै भने, ‘पानी पर्दा आउनुस्, सडकमै भेल, बाढी पोखरी सबै देख्न पाइन्छ ।’

स्थानीयले बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आउने भएपछी सडक निर्माण हुन लागेको पो हो कि भन्दै कानेखुसी समेत गर्न भ्याए ।

मन्त्री महासेठले भने जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताएका छन् । ‘भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा रहँदैन । पिच गर्न त केही समय लाग्ला । खाल्डाखुल्डी सबै पुर्छौं,’ उनले भनेका छन् ।

  • 12
    Shares