You are here
Home > प्रवास > इन्डोनेसियामा फेरी ५.९ रेक्टर स्केलको भूकम्प,२ हप्ताबीच तेस्रो ठुलो भूकम्प

इन्डोनेसियामा फेरी ५.९ रेक्टर स्केलको भूकम्प,२ हप्ताबीच तेस्रो ठुलो भूकम्प

२४ श्रावण २०७५, बिहीबार १३:२३

लम्बोक,-इन्डोनेसियाको पर्यटकीय क्षेत्र लम्बोकमा आज पनि ५.९ रेक्टर स्केलको भूकम्प गएको छ, पछिल्लो क्षतिको विवरण भने आइसकेको छैन । पर्यटकीय क्षेत्र लाम्बोकबाट पश्चिमतर्फ बालीको छेउछाउलाइ केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।

यो २ हप्ता भित्रमा गएको यो तेस्रो ठुलो भूकम्प हो,इन्डोनेसियन राष्टिय आपतकालीन ब्यबस्थापन सस्थाका प्रवक्ताका अनुसार अहिले सम्म भूकम्पबाट झन्डै ३५० जनाको मृत्यु भएको,१५०० भन्दा बढी घाइते तथा  १६५,००० जना जति  भूकम्पबाट प्रभावित भएको जानकारी दिइएको छ ।- एजेन्सी

  • 1
    Share