You are here
Home > प्रशासन > प्रहरी इन्काउन्टर फेक हैन,बरु गलत प्रचार गरियो -गृहमन्त्री थापा

प्रहरी इन्काउन्टर फेक हैन,बरु गलत प्रचार गरियो -गृहमन्त्री थापा

२५ श्रावण २०७५, शुक्रबार १०:५६

चितवन -गृहमन्त्री राबहादुर थापाले ११ वर्षिय बालक निशान खड्कालाई अपहरण गर्नेहरू प्रहरी इन्काउन्टरमै मारिएको दाबी गरेका छन्। शुक्रबार भरतपुरमा संवाददाताहरूसँग कुराकानी गर्दै गृहमन्त्री थापाले  प्रहरी कारबाही ‘फेक इन्काउन्टर’ नभएको बरू गलत प्रचार गरिएको जिकिर गरे।

गृहमन्त्री थापाले ‘सरकारले आफ्नो पोजिसन पारी सकेको छ, प्रहरीले २४ घन्टामा अपहरणकारीलाई निस्तेज पार्ने काम गरेको छ,फेक इन्काउटरबारे केही हल्लाहरू भएका छन्’ ‘सरकारले आफ्नो दायित्व सफलतापूर्वक निभाएको छ।’

गत सोमबार भक्तपुरको सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो। प्रहरीले उनीहरू दुबैको प्रहरी इन्काउन्टमा मारिएको दाबी गर्दै आएको छ।

यसअघि बिहीबार गृहमन्त्री थापाले इन्काउन्टरबारे छानबिन हुने कुरा सुशासन समितिको बैठकमा समेत बताएका थिए।

  • 9
    Shares