You are here
Home > प्रशासन > स्थापनाको छोटो समयमा नै बिक्रि भयो सौर्य एयरलाइन्स

स्थापनाको छोटो समयमा नै बिक्रि भयो सौर्य एयरलाइन्स

२५ श्रावण २०७५, शुक्रबार ११:२०

काठमाण्डौ – निजी क्षेत्रको वायुसेवा प्रदायक सौर्य एयरलाइन्स स्थापना भएको ४ वर्षमै बिक्री भएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको जानकारी दिनु भएको छ । रकम भुक्तानी लगाएतका सम्पूर्ण काम आगामी सोमबार सम्ममा सकिने समेत जानकारी दिनु भयो ।

जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो।  चीनमा व्यापार व्यवसाय गर्दै आएको श्याम अधिकारीको नेतृत्वमा खरिद भए पनि त्यसमा नेपाली  ब्यापारीहरु पनि साझेदार रहेका छन्।

क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो। एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ।

२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो।

  • 8
    Shares