You are here
Home > प्रशासन > माइ इन्भेस्टमेन्टका सञ्चालक गजमेर पुर्पक्षको लागि थुनामा

माइ इन्भेस्टमेन्टका सञ्चालक गजमेर पुर्पक्षको लागि थुनामा

२५ श्रावण २०७५, शुक्रबार १५:०६

काठमाण्डौ-माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको छ।

सञ्चालक गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दा दर्ता भएको  थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थापाले बताए।

२०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका थिए । जसमा काभ्रेका भुषाल जंग कुँवर रु.७० लाख २३ हजार ५ सय,सिन्धुलीका लोक हरि बरालले रु .४५ लाख ५१ हजार,वीर बहादुर गुरुङले पनि करिब ३९ लाख रुपैयाँ बराबरको बिगो दाबी सहित  मुद्दा दर्ता गरेका छन्।

  • 12
    Shares